काठमाण्डाै – नेकपा एमालेबाट बनेका तीन जना पूर्व अर्थमन्त्रीहरूले सरकारले अहिले आर्थिक समस्या समाधानमा ध्यान दिन छाडेर स्वार्थ पूरा हुने काममा लागेको आरोप लगाएका छन् ।
आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सरकारका गलत क्रियाकलापले नै अर्थतन्त्र धराशायी बन्न थालेको आरोप लगाएका हुन् ।
‘गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड गर्याे । नेकपा (एमाले) को सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परि...