एसिया कप सुरु हुनु चार दिनअघि भारतीय टिममा संकट देखिएको छ। भारतका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड पोजेटिभ देखिएपछि प्रशिक्षण प्रभावित हुने खतरा बढेको हो। बिसिसिआईका कोषाध्यक्ष अरुण धुमलले द्रविडलाई कोभिड भएको पुष्टि गरे। एसिया कपमा भारतको पहिलो खेल आगामी २८ अगस्टमा पाकिस्तानसँग हुने छ। द्रविड पाकिस्तानसँगको खेलका दौरान रहने या नरहने टुंगो भएको छैन। […]