काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए। नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याएको बताएकी छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘…भ्रष्टाचार राज्यविरुद्धको अपराध हो, त्यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउँछ ।’
काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि […]
दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छ । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सदस्यले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुट्टै कानुन बनाउनका लागि आवश्यक पहल गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका हुन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति […]
दिगो विकास हासिल गर्ने नेपालको लक्ष्यमा वार्षिक औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार दिगो विकासको लक्ष्य हासिल गर्न ठूलो रकम अपुग देखिएको हो ।नेपालले विश्वका १९३ मुलुकसँगै सन् २०३० सम्म दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । त्यसका लागि प्रत्येक वर्ष २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । तर, आवश्यकताअनुसार लगानी रकम अपुग भएको प्रतिवेदनले देखाएको हो ।प्रतिवेदनमा अपुग रकमको जोहो गर्न राजस्वका द