परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस बैतडीले शनिबार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा मन्त्री साउदले भन्नुभयो, “जनताले अमूल्य मत दिएर जिताएकाले सो योगदान भुल्न हुँदैन, मतदाताले हामीलाई ठूलो जिम्मेवारी दिनुभएको छ । त्यसैले जनमतको कदर गर्दै काम गर्नुपर्छ ।”जनताले सुम्पिएको जिम्मेवारी उनीहरूको हक, अधिकारका लागि समर्पित …
२९ असोज, काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा विकासका पर्याप्त सम्भावना हुँदा पनि बजेटको अभाव रहेको बताएका छन् । सोमबार राजधानीमा सुदूरपश्चिम पत्रकार समाजद्वारा आयोजित दशैँ, तिहार, छठ तथा तथा नेपाल संवत्को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साउदले बाहिरका एनजीओ र आईएनजीओली प्रचार गरेजस्तो सुदूरपश्चिममा विकृति मात्रै नभएर […]
२५ असार, काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा न्यूनतम जनशक्ति पनि नभएको भन्दै उनले ओएनएम सर्भे गर्नुपर्ने बताए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘रि–स्ट्रक्चरिङ गर्नुपर्ने कुरा र ओएनएम गर्नुपर्ने कुरा मैले भनिसकेको थिएँ । यसमा जति परराष्ट्र मन्त्रालयलाई दायित्व दिइएको […]
काठमाडौं – असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ […]
डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका मन्त्री साउदले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन । ‘तरल रहेको परराष्ट्र नीति तथा […]
The post अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको छ।उक्त अवसरमा मन्त्री साउद अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।
काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताए । उनले भने, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने […]