सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने बताएका छन् । “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ,” प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”

सम्बन्धित सामग्री

सरकारले यो वर्ष पनि घोषणा गरेन सर्वोत्कृष्ट निजामती कर्मचारी

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए ।

प्रदेश १ मा सरकारले गरेको कर्मचारी सरुवा विवादित

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । निजामती सेवा ऐन २०४९ ले कर्मचारी सरुवाबारे प्रस्ट व्यवस्था गरेको छ । हालसम्म प्रदेश निजामती सेवा ऐन निर्माण नभएको र उक्त ऐन संशोधन पनि नभएको अवस्थामा प्रदेश सरकारले निजामती सेवा ऐन २०४९ कै व्यवस्थालाई टेकेर कर्मचारी सरुवा गर्नुपर्छ […]

दक्षिण कोरियाको नयाँ सरकारले भारी संख्यामा निजामती कर्मचारी कटौती गर्ने

दक्षिण कोरियाको नयाँ सरकारले सरकारी संगठनहरुका कर्मचारी कटौती गर्ने बताएको छ । अघिल्लो सरकारको पालामा देशमा सरकारी कर्मचारी व्यापक बढाएको थियो । त्यसले सरकारी सेवाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको थियो । देशका वित्तमन्त्री चू क्युङ–होले शुक्रबार एक वक्तव्य जारी गर्दै विभिन्न सुधार कदमहरू अन्तर्गत सरकारी कर्मचारीको संख्या घटाउने र संगठनको खर्च घटाउने योजनाहरु सार्दैछ ।  चूका अनुसार मेको अन्तिमसम्म कुल ३५० सरकारी संगठनमा ४,४९,००० कर्मचारी कार्यरत थिए, जुन पाँच वर्षअघिक

गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गर्‍योः एमाले

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कास्कीले पाँचदलीय गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गरेको आरोप लगाएको छ।...

आफ्नै कर्मचारी भर्ना गर्न बागमती सरकारले ल्यायो अध्यादेश

२३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारी थालेको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेश जारी गरेर प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । हाल संघीय सरकारले पठाउँदै आएको प्रदेश सरकारको प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेश सरकार आफैंले नियुक्त गर्न […]

सरकारले आफू खुशी कर्मचारी सरुवा गर्यो :  अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको आरोप लगाएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले उक्त आरोप लगाएकी हुन् ।सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको बताइन् । उनले आफ्ना मान्छेहरूलाई पायक पर्ने गरी सरकारले कर्मचारी चलाएकाले प्रदेशमा थप समस्या निम्तिएको बताइन् । सरकारको यस्तो कार्यले बेथिति सृजना गर्ने भएकाले तत्काल ती

कर्मचारी नपठाएर संघीय सरकारले प्रदेशलाई असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर संघीय सरकारले असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । बाढी पहिरोले आक्रान्त बनेको...

प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्। हेर्नुहोस् विज्ञापन