दक्षिण कोरियाको नयाँ सरकारले सरकारी संगठनहरुका कर्मचारी कटौती गर्ने बताएको छ । अघिल्लो सरकारको पालामा देशमा सरकारी कर्मचारी व्यापक बढाएको थियो । त्यसले सरकारी सेवाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको थियो । देशका वित्तमन्त्री चू क्युङ–होले शुक्रबार एक वक्तव्य जारी गर्दै विभिन्न सुधार कदमहरू अन्तर्गत सरकारी कर्मचारीको संख्या घटाउने र संगठनको खर्च घटाउने योजनाहरु सार्दैछ । चूका अनुसार मेको अन्तिमसम्म कुल ३५० सरकारी संगठनमा ४,४९,००० कर्मचारी कार्यरत थिए, जुन पाँच वर्षअघिक