अविरल वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–पूर्वी नवलपरासी सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । करिडोरअन्तर्गत रामपुर नगरपालिकाको काशीवन, स्याउलीबजार, साखर्दी खोलालगायत दर्जन बढी स्थानमा पहिरो खसेकाले सवारी साधन सञ्चालन हुन नसकेको हो ।