डडेल्धुरा : सुदूरपश्चिमका पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला डडेल्धुरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको दुईदिने भेला १० बुँदे घोषणापत्र जारी गर्दै बुधबार सकिएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्बद्ध सबैसँग जोडदार माग गरेको छ। सुदूरपश्चिमका पत्रकार महिलाको दक्षता बढाउन विषयगत तालिम दिनुपर्ने, नियुक्तिपत्