काठमाडौं : विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ। कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई खुला गर्ने भएको हो।विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पा