नेप्सेले गर्‍यो नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आइतवार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य रू. १ हजार २४७ दशमलव ८३ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४३५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि  दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

सम्बन्धित सामग्री

हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी ६ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ७२५ दशमलव ४५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८९८ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले साना किसानको १४ दशमलव २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८८८ दशमलव ३२ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार दशमलव १४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले घोराही सिमेन्ट्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५०२ दशमलव ६१ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७८ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ९५५ दशमलव ७५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ६५९ दशमलव ०९ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८२५ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले राधी विद्युत कम्पनीको ४ दशलमव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २२८ दशमलव ६४ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३९ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी ६ कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आगामी सोमवार अर्थात् पुस १६ गते यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

तारागाउँ रिजेन्सी हाेटलसहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी हाेटल र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७२४ दशमलव ०९ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९६ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८३६ दशमलव ६३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७० दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६२२ दशमलव ३३ कायम भएको छ ।  बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६९ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि अर्थात् बिहीवार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मेरो माइक्रोफाइनान्सको  शेयर मूल्य समायोजन भएको छ। कम्पनीले आज मङ्सिर ९ गते बुक क्लोज गरेकोले आज नै मूल्य समायोजन भएको हो । कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०० रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४४० थियो ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ८ गतेसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । मेरो  माइक्रोफाइनान्स मङ्सिर २४ गते शुक्रबार नुवाकोटको बट्टारमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : (क) सामान्य प्रस्तावहरू१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।३.लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री एस एण्ड एस एसोसियट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ ।४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.०५२६३१६ प्रतिशतले हुन आउने नगद लाभांश रू. १०५२६,३१६/- (अक्षेरेपी एक करोड पांच लाख छब्बीस हजार तीन सय सोह्र रुपैया मात्र ।), बोनस शेयरको कर प्रयोजनका लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने ।५ संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निवौंचन गर्ने ।(ख) विशेष प्रस्तावहरू१.सञ्चालक समितिबाट पारित भएबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. २००,०००,०००/- (अक्षरेपी बीस करोड मात्र ।। बराबरको बोनस शेयर जारी गर्ने ।२.वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) तथा नियमावलीको नियम ३२(१) (ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।३.वित्तीय संस्थाले अन्य ईजाजतप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा ।

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले आज मूल्य संयोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९२१ रुपैयाँ ८२ पैसा रहेको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य १ हजार १४ रुपैयाँ थियो । कम्पनीले आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले  मङ्सिर २ गते म्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्।  लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।