काठमाण्डाै - विश्वभर उर्जा सङ्कट बढ्दै गएको छ । कतै प्राकृतिक ग्याँस र कतै कोइलाको कमीका कारण विश्वभर उर्जा सङ्कट गहिरिँदै गएको बीबीसीले जनाएको छ ।
भारत लगायत युरोपका कतिपय देशमा सञ्चालित पावर प्लान्टमा कोइलाको आपूर्ति कम भएको खबरहरु सार्वजनिक हुने गरेका छन् । उनीहरुले बिजुलीको उत्पादन बढाएर कोइलाको खपत घटाउने तयारीमा जुटेका छन् । यस्तै प्राकृतिक ग्याँसको आपूर्ति पनि एउटा ठूलो चुनौती बन्दै गएको छ ।
एकातिर प्राकृतिक ग्याँसको आपूर्ति पर्याप्त छैन भने अर्कोतर्फ यसको माग बढ्दै गएको छ । युरोपियन देशहरु झन् यो समयमा प्राकृति...