निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रको मतदान रद्द गरेको छ । स्थलगत अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा आइतबार आयोगको पूर्ण बैठकले दुईवटा गाउँपालिकाका १० केन्द्रको मतदान रद्द गरेको हो । रद्द भएका केन्द्रमा मंसिर १४ मा मतदान हुने आयोगले जनाएको छ ।
सुर्खेत : हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।अहिलेसम्म ३७ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ। उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।नेपाली सेनाको हेलिकप्टर ढिला गरी आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका ३ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएक
बैतडी । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीको एक मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । जिल्लाका २ सय १० मतदान केन्द्र मध्ये एक मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला मात्रै रहेका छन् । पाटन नगरपालिका-६ मा रहेको कृष्ण मावि (क) मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै रहेका सहायक निर्वाचन अधिकृत तीर्थराज […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व), मंसिर २ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला […]
पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बन
मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल […]
डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो । जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा […]
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। सो क्रममा दक्षिणकाली नगरपालिकास्थित १५ वटा मतदान स्थल र २६ वटा मतदान केन्द्रको […]
सिमकोट – जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको अनुगमन गरेको छ। मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको हो। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रुपमा अनुुगमन गरिएको बताइन्। समितिका सदस्यहरूले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता […]