१४ मंसिर, काठमाडौं । नेपालमा तयारी पोशाक उत्पादन गर्ने उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब रुपैयाँ नाघेको छ । कोरोना महामारीको समयमा विदेशबाट तयारी पोशाक नआएका बेला फस्टाएका यी उद्योगको कारोबार बढ्दै गएको नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघले जनाएको छ । स्वदेशी मागको ठूलो हिस्सा नेपाली तयारी पोशाकले नै धानेको संघका अध्यक्ष किशोर नेपालले बताए […]