जेठ १७, काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले आव २०७८र७९ का लागि घोषणा गरिएको बजेटमा उद्योग व्यवसायीहरुले उठाउँदै आएका केही मागहरुको संबोधन भएको छ भने अन्य केही विषयमा थप स्पष्टता तथा सुधार आवश्यक रहेको बताएको छ ।
नेपाल सरकारद्वारा निषेधाज्ञाको अवधि भर उद्यागहरुले खपत गरेको विद्युत् को डिमान्ड चार्ज छूट दिने निर्णय स्वागतयोग्य भएता पनि विगतको अनुभवलाई मध्यनजर गरि बिना झन्झट सो छूटको व्यवस्था लागू गरिनु पर्ने संघको सुझाव रहेको छ ।
त्यसैगरि कोभिडबाट प्रभावित व्यवसायीलाई प्रदान गरिने पुनर्कर्जा पाउने व्यवसाय र क्षेत्र विस्तार गरिनेछ भनिएकोमा यस सुविधा अन्तर्गत साना तथा मझौला निर्यातकर्ताहरुलाई समेत समेटिने गरि ३ वर्षभन्दा बढि समय अवधिका लागि उपलव्ध गराईए मात्र तयारी पोशाक उद्योग जस्तो निर्यात जन्य उद्योग लाभान्वित हुन सक्ने जानकारी दिएको छ ।
त्यस्तै स्वदेशी वस्तुको उत्पादनलाई संरक्षण गर्न मेक ईन नेपाल र मेड ईन नेपालको अभियान सञ्चालन गर्ने, ईन्टरनेटको माध्यमबाट भर्चुअल ट्रेड शो को आयोजना गर्ने, काभ्रे पलान्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्रको निर्माण गर्न, निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने व्यवस्थाहरु सकारात्मक रहेको तयारी पोशाक लगायत अन्य निर्यात जन्य वस्तुको उत्पादन एवम् निर्यात प्रवर्द्धन गरिने कार्यक्रमलाई वास्तवमै प्राथमिकतामा राख्नका लागि जोडदार माग गरेको छ ।
निर्यात व्यवसायी महासंघको साझेदारीमा काठमाडौं उपत्यकामा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरिने कार्यक्रम तथा बन्डेड वेयर हाउस अन्तर्गत बैंक ग्यारेन्टी फुकुवा का लागि २०७८ साल चैत मसान्तसम्म म्याद बढाउने प्रस्ताव निसन्देह संघकै चाहना बमोजिम भई आएकोमा स्वागत गरेको भन्सार विन्दुमा भुक्तानी गर्नु पर्ने कर विद्युतिय माध्यमवाट गर्न सकिने व्यवस्थाले कर भुक्तानीलाई सहज पुयाउने विश्वास लिएको छ ।
त्यसैगरि नेपाल विकशित मुलुकमा स्तरोन्नति हुने चरणमा रहेको हुँदा तयारी पोशाक जस्ता निर्यात जन्य वस्तुको युरोपियन राष्ट्रहरुमा हुने निर्यातमा दिईदै भन्सारको छूटको सुविधावाट बन्चित भई निर्यात प्रभावित हुने हुँदा युरोपियन राष्ट्रहरुसँग द्विपक्षिय सम्झौता गरि भन्सार छूटका सुविधालाई निरन्तरता दिने समेत गरि सम्भावित नोक्सानलाई न्यूनीकरण गर्ने एक बृहत कार्य योजना अविलम्व निर्माण गर्न जोडदार आवाज उठाउने बताएको छ ।
संघद्वारा नेपाल सरकार का विभिन्न निकायहरुसँग तयारी पोशाक उद्योगको पुनरुत्थानका लागि अल्पकालिन एवम् दीर्घकालिन समयका लागि माग गरिएका विभिन्न राहत, छुट सहुलियत तथा सुविधाहरु यथाशिघ्र संवोधन हुने अपेक्षा समेत संघले गरेको छ ।