काठमाडौं : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्। चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बेइजिङ पुगेकी छन्। म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुवै नेताले रुस–युक्रेन युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिनमा सीको समर्थन प्राप्त गर्ने प्रयास गर्ने आकलन गरिएको