अफगानिस्तानमा मारिए पुलिट्जर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्धिकी

एजेन्सी। अफगानिस्तानको कन्धहरमा भारतीय पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले घटनाको पुष्टि गरेका हुन्। “गए राती कन्धहर मा आ मित्र दानिश सिद्धिकीको मारिएको खबरले दुःखी छु,” राजदूत फरिदले लेखेका छन्। सिद्धिकी अफगान सुरक्षाकर्मीको साथ रहेका थिए। अफगान टेलिभिजन च्यानल टोलो न्युजका अनुसार सिद्धिकी कन्धहरको स्पिन बोल्डाक जिल्ला चलिरहेको सङ्घर्षको रिपोर्टिङको सिलसिलामा भएको हो।

सम्बन्धित सामग्री

भारतमा जस्तै ‘गोदी पत्रकारिता’ नगर्न नेपाललाई रवीशको सुझाव

काठमाडौं ।  गोदी अर्थात् काख । ‘काखे पत्रकारिता’ भन्नाले सरकार वा शक्तिकेन्द्रको काखमा बसेर गर्ने पत्रकारिता । रामोन म्यागेसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारका विचारमा ‘गोदी पत्रकारिता’ पत्रकारिता नै होइन, यो त सरकार र शक्तिकेन्द्रको रक्षाका लागि गरिने हतियारबिनाको युद्ध हो, आम नागरिकमाथिको आक्रमण हो । राजधानीमा शनिबार सम्पन्न हिमाल मिडिया मेला २०२२ का […]

पत्रकार दानिश सिद्दीकीको तालिबानले गरेका थिए हत्याः रिपोर्ट

बीबीसी।अफगानिस्तानमा तालिबानले भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरेको एक रिपोर्टले खुलासा गरेको छ।उनी भारतीय पत्रकार भएको पहिचान गरिएपछि बर्बरतापूर्वक हत्या गरिएको अमेरिकी पत्रिका ‘वाशिङ्टन एग्जामिनर’को रिपोर्टमा उल्लेख गरेको छ।पत्रिकाले पुलिट्जर पुरस्कार विजेता सिद्दीकीको मृत्यु तालिबान र अफगानी सेनाको संघर्षका बीच नभई योजनावद्ध तरिकाले हत्या गरिएको जनाएको छ।रोयटर्सको लागि काम गर्ने सिद्दीकीको कन्धारको स्पिन बोल्डक क्षेत्रमा हत्या गरिएको थियो।

अफगानिस्तानमा रिपोर्टिङ गरिरहेका भारतीय पत्रकार सिद्दीकीको हत्या

भारतका फोटोपत्रकार दानिश सिद्दीकीले अफगानिस्तानमा सुरक्षाबलहरूसँग बसेर रिपोर्टिङ गर्ने क्रममा तालिबानले उनको हत्या गरेको भारतका लागि अफगान राजदूत परिद मामुन्दजेले बताएका छन् ।‘मित्र दानिश सिद्दीकीको बिहीवार हत्या गरिएको दुःखख खबरले आहत बनाएको छ । भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता सिद्दीकी अफगान सुरक्षाबलहरूस...

पुलित्जर पुरस्कार विजेता भारतीय पत्रकार अफगानिस्तानमा मारिए

अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् । एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।