काठमाडाैं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २०.६४ अंकले उकालो लागेसँगै नेप्से परिसूचक दुई हजार ९४७.३८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर आज पौने ८ अर्बभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प