काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।सात दिनको समय दिँदै सूचना टाँसेको काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उहाँले बताउनुभयो ...