काठमाण्डाै महानगरले असन क्षेत्रमा फुटपाथ व्यापार र अनधिकृत संरचना हटाउन थाल्याे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले असन क्षेत्रमा फुटपाथको व्यापार र अनधिकृत संरचना हटाउन थालेको छ । यसअघि इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ तथा मन्दिर आसपासको व्यापार हटाइसकेको र आज मङ्गलवारदेखि फुटपाथमा राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना हटाउन थालेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । साँघुरो गल्ली, मान्छेको भिडका कारण असनमा डोजर लैजान नसकेपछि महानगरका कर्मचारीले हाते औजारहरू प्रयोग गरेर संरचना भत्काएका छन् । आज केही पसल र संरचना हटाएको महानगरले भोलि बुधवारसम्म सबै पसल र संरच...