काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले मुद्दा नपरेका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन निर्देशन दिएको छ।मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा चैत ५ गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।विश्वविद्यालयले आज (शुक्रबार) जारी गरेकाे सूचनामा भनिएको छ, ‘अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानबाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिबद्धता बमोजिम र शैक्ष