प्रदेशसभाको सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो ।
आइतबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले विषयगत मन्त्रालयको विनियोजन सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ओखलढुंगाका सांसद तथा अर्थ समितिका सभापति मोहनकुमार खड्कालाई व्यक्तिगत रुपमा अमर्यादित ढंगले लाञ्छना लगाएको र संसदीय मर्यादा उल्लंघन गर्दै प्रस्तुत भएको भन्दै माओवादी केन्द्रले संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने बताएको छ ।