लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर सञ्चालनमा कडाइ गर्ने भएको छ । मन्त्रालयले मापदण्ड विपरीतका सञ्चालनमा रहेका त्यस्ता ट्रायल सेन्टरहरु बन्द गर्ने जनाएको छ । लुम्बिनीका १२ जिल्लामा यस्ता कति वटा सेन्टर छन् भन्ने विवरण संकलन भइरहेको जनाएको छ ।