अबदेखि आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल परीक्षा दिन नपाइने

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाइने व्यवस्था हटाएको छ । 'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७' लाई संशोधन गर्दै विभागले सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटाएको हो ।  सरकारले २०७७ चैत १९ गते जारी गरेको...