ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा अन्तर्गत नमूना मतदान गरिएको हो । मतदातालाई मतपत्र पहिचान, उम्मेदवारको जानकारी, मतदान प्रक्रिया र मतदानस्थलमा अपनाउनु पर्ने आवश्यक अनुशासन तथा सुरक्षा संवेदनशिलतासहितको शिक्षा प्रदान गर्न […]