जाजरकोट – यहाँका सबै पालिकामा नमूना मतदान भएको छ। स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएको हो। भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए। पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त […]