पाल्पा : भर्खरै मात्र पाल्पामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बढीमा एक घण्टामै नागरिकता पाउने व्यवस्था मिलाउने बताएका छन्।सोमबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले पाल्पाका नागरिकले अबदेखि एक घण्टाभित्रमै नागरिकता पाउने बताएका हुन्।पाल्पा जिल्ला कुनै भारतीय कुनै सिमानामा पर्दैन। दुई नम्बरी गर्नेहरु प्रायः आउँदैनन्। सम्बन्धित वडाध्यक्षले आवश्यक सोधीबुझी सिफारिस गरेका हुन्छन्। कागजी प्रक्रिया पूरा गरेर आएका कुनैपनि नागरिकलाई समयमै नागरिकता उपलब्ध गराउने