रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला ? अमेरिकाले दियो जवाफ

 रुसी हमलामा युक्रेनका राष्टपति मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् । यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ । सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई हमलामा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मारिए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।एन्टनी ब्लिङ्कनले भने, ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नक

सम्बन्धित सामग्री

१२ वर्षिया ती किशोरी : जसले आँखै अगाडि देखेकी थिइन् हिरोशिमामा परमाणु हमला

काठमाडौं, ११ जेठ । विश्वमा पहिलो पटक अमेरिकाले जापानका सहरहरूमा परमाणु बम खसालेपछि केही मिनेटमै हजारौं मानिस मारिए। आणविक बमको विस्फोटका कारण च्याउको आकारमा ठूलो आगोको गोला निस्कियो र वरपरको तापक्रम ३ हजारदेखि ४ हजार डिग्री सेल्सियससम्म पुग्यो। विस्फोटका कारण यति ठूलो हावा चलेको थियो कि १० सेकेन्डमै यो विस्फोट हिरोशिमामा फैलियो। मानिसहरू धुवाँले जलिरहेका […]

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको […]

अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए

अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरीलाई सफलतापूर्वक निशाना बनाएको छ भने अमेरिकी कारवाहीमा जवाहिरी मारिएका छन् । अमेरिकाले ओसामा बिन लादेनलाई मारेको एघार वर्षपछि अलकायदाका अन्तर्राष्ट्रिय प्रतीकका रुपमा रहेका भर्खरै ७१ वर्ष पुगेका जवाहिरीलाई मारेको हो । कुनै बेला जवाहिरीले ओसामा बिन लादेनको व्यक्तिगत चिकित्सकको रूपमा काम गरेका थिए । न्युयोर्क […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए–अमेरिका

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने । युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् । अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ । अमेरिकी विशेष दलका सैनिकले अबु इब्राहिम लुकेको ठाउँमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको खबरमा उल्लेख छ । सिरियाको घटनास्थलमा पुग्ने सहायताकर्मीले कारबाही ...

इस्लामिक स्टेटका योजनाकार मारिए

काठमाडौँ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दाबी गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले […]

अमेरिकाले बदला लियो, अफगानिस्तानमा आइएसका योजनाकार मारिए

एजेन्सी, १२ भदौ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक अतिवादी ‘आइएस’ समूहमाथि ड्रोन हमला गरेको छ । नागरहर प्रान्तमा आइएसका नेताहरु मारिएको दाबी गरिएको छ । आक्रमणमा को को मारिए भन्ने खुलाइएको छैन । तर, सर्वसाधारण कोही पनि नमारिएको उल्लेख छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएको भोलिपल्ट […]

फर्किनेबेला अमेरिकाले गर्‍यो तालिबानमाथि हवाई आक्रमण, पाँच लडाकु मारिए

एजेन्सी। अफगानिस्तानबाट अमेरिकी सेना फर्किने क्रम जारी रहेका बेला अमेरिकाले तालिबान प्रभावित क्षेत्रमा हवाई आक्रमण गरेको छ। केही दिनदेखि निरन्तर जारी रहेको कारबाहीमा ५ लडाकु मारिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। अमेरिकी सेना फर्कने क्रम सुरु गरेपछि अफगानिस्तानमा तालिबान आक्रामक रुपमा अघि बढेको छ। देशको ८० प्रतिशतभन्दा बढी भूभाग आफ्नो कब्जामा रहेको दाबी तालिबानले गर्दै आएको छ।