टि २० क्रिकेट विश्वकप: फाइनल प्रवेशका लागि आज भारत र इङल्याण्ड भिड्दै

अष्ट्रेलियामा जारी टि २० क्रिकेट विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । दोस्रो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार १:४५ बजे भारत र इंग्ल्यान्ड भिड्दै छन् । यो खेल मेलबर्नमा हुने छ ।भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।  पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।  पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५३ रन, मोहम्मद रिजवानले ५७ रन तथा मोहम्मद ह्यारिसले ३० रन बनाए ।  न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो  । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन  । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो  । सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको थियो।  साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको थियो । अब भने पाकिस्तानले फाइनल मै स्थान पक्का गरेको छ । फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारतले इंग्ल्यान्डलाई पराजित गरेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । 

सम्बन्धित सामग्री

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक …

मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ। असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो। नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ। शाह क्यानका संस्थापक अध्यक्ष रहेको र उनको सम्मानमा उक्त नाम राखिएको क्यानले जनाएको छ।

बागमती महिला क्रिकेट टिमविरुद्ध हङकङ क्रिकेट क्लब विजयी

बागमती प्रदेश आमन्त्रण क्रिकेट सिरिजमा बागमती प्रदेश महिला क्रिकेट टिम हङकङ क्रिकेट क्लबसँग ५७ रनले पराजित भएको छ ।

रुपन्देहीमा क्रिकेट प्रतियोगिता

काठमाडौँ,६ पुष । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । […]

जुर्मुराउँदै कर्णालीको क्रिकेट

कर्णालीमा क्रिकेटको मोह व्यापक छ । कर्णालीको क्रिकेट वि.स २०५६ सालबाट खेलिन थालेको हो । क्रिकेटको मायासँगै सुर्खेत जिल्ला क्रिकेट संघको स्थापनाका लागि एक कार्यसमिति गठन भयो । तर, उक्त कार्यसमितिले नेपाल क्रिकेट संघ (क्यान)को मान्यता पाउन सकेन । फुटबल मैदानमा क्रिकेट खेल्ने कर्णालीमा क्रिकेट संघले नै मान्यता नपाउँदा क्रिकेट विकास हुने कुनै सुर भएन । उसो त अहिले पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेट खेल्नका लागि रङ्गशाला छैन । केही समयअघि कर्णाली प्रिमियर लिग (केपीएल) को सुरुवात हुँद

विद्यापीठलाई क्रिकेट उपाधि

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो।...

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी

रुपन्देही क्रिकेट संघले  क्रिकेट एकेडेमी सञ्चालन गर्ने

आर्थिक अवस्था कमजोर भएका र महिलालाई नि:शुल्क प्रशिक्षण रुपन्देही क्रिकेट संघले महिला र आर्थिक अवस्था कमजोर भएर क्रिकेट खेल्न वञ्चित भएकाहरूलाई निःशुल्क प्रशिक्षण दिने गरी क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ...

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।...

क्रिकेट संघद्वारा गण्डकी प्रदेशले राष्ट्रियस्तरको क्रिकेट आयोजनाकालागि प्रस्ताव

क्रिकेट संघद्वारा गण्डकी प्रदेशले राष्ट्रियस्तरको क्रिकेट आयोजनाकालागि प्रस्ताव गरिएको छ।