यो वर्ष भित्रियो २ अर्ब २४ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

काठमाडौं।यो वर्ष नेपालमा २ अर्ब २४ करोड २१ लाख ३७ हजार रुपैयाँको सारी, लुङ्गी र धोती विभिन्न देशबाट नेपाल भित्रिएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एघार महिना सो मूल्य बराबरको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार उक्त अवधिमा ६५ लाख ४४ हजार ७ सय ६४ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको छ।

सम्बन्धित सामग्री

‘धोती दिवस’ मनाउनेहरुमाथि प्रहरीको हस्तक्षेप

१६ पुस, काठमाडौं । जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान मधेशी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल […]

पछिल्लो सात महिनामा नेपालले आयात गर्यो एक अर्ब २६ करोडभन्दा बढीको धोती र सारी

काठमाडौं, २४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशबाट १ अर्ब २६करोड ६९लाख ३हजार रुपैयाँको सारी र धोती आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ३१ लाख ८४लाख ५४१थान सारी र धोती नेपाल भित्रिएको छ। भारत, इन्डोनेसिया, जापान, चीन, थाइल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, पोर्चुगल, बेलायत लगायतका देशबाट नेपालमा सारी र धोती आउने गरेको छ।

एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

काठमाडौं । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी […] The post एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

धोती लगाएर पण्डितहरूले खेले क्रिकेट, संस्कृतमा कमेन्ट्री

भारतको मध्य प्रदेशमा सोमवार संस्कृतका पण्डितहरूले धोती र मुण्डु लगाएर क्रिकेट खेलेका छन् ।  महर्षि वैदिक परिवारले भोपालमा आयोजना गरेको क्रिकेट खेलमा संस्कृत भाषामा कमेन्ट्री समेत गरिएको थियो । ‘संस्कृत भाषाको प्रवर्धनका लागि यो पहल गरिएको हो,’ एक खेलाडीले बताए ।

श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे.....

दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ । श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्विरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ ।बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर क

श्रीलंकाका लागि चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगेपछि…

एजेन्सी, ३ पुस। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले चर्चा पाएको छ । बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको बुझिएको छ । एक हिन्दु श्रद्धालुको भेषभुषामा […]

ओलीको समर्थनमा धोती जुलुस

प्रधानमन्त्री केपी ओलीको  समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानी काठमाडौंमा धोती जुलुस निकालिएको छ ।  नेकपा ओली समूहको युवा संघले काठमाडौंको वानेश्वरदेखि कमलादीसम्म र्याली निकालेको हो ।  ‘धोती जुलुस’ नाम दिइएको र्यालीका सहभागिहरुले ‘धोती, कुर्ता,...

ओलीको समर्थनमा काठमाडौंमा 'धोती र्‍याली', शुक्रबार नै आएका थिए मधेशबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज राजधानीमा 'धोती र्‍याली' निकालिएको छ। ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध भइरहेको बेला मधेशबाट आएकाहरुले ओलीको कदमको समर्थनमा र्‍याली निकालेका हुन्। र्‍यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए।  सेतो कुर्ता र धोती लगाएर सडकमा ओर्लिएकाहरुले ओलीको समर्थनमा रहेको…