पछिल्लो सात महिनामा नेपालले आयात गर्यो एक अर्ब २६ करोडभन्दा बढीको धोती र सारी

काठमाडौं, २४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशबाट १ अर्ब २६करोड ६९लाख ३हजार रुपैयाँको सारी र धोती आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ३१ लाख ८४लाख ५४१थान सारी र धोती नेपाल भित्रिएको छ। भारत, इन्डोनेसिया, जापान, चीन, थाइल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, पोर्चुगल, बेलायत लगायतका देशबाट नेपालमा सारी र धोती आउने गरेको छ।

सम्बन्धित सामग्री

एक महिनामा साढे ३९ करोड रुपैयाँको सारी आयात

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ । साउनमा ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

नेपालीले ३ महिनामा ५५ करोडको साडी किने

काठमाडौं ।  चालू आर्थिक वर्षको पहिलो तीन महिना विभिन्न देशबाट ५५ करोड रुपियाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो । भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपियाँको सारी, लुङ्गी […]

साउनको पहिलो दिन न्युरोडमा जे देखियाे (तस्बिरहरू)

काठमाडौं । साउन महिनाको पहिलो दिन शुक्रबार काठमाडौंको न्युरोडमा र इन्द्रचोकमा पोतेको माला र हातमा मेहेन्दी लगाउन महिलाहरूको भिड लागेको थियो । साउन महिनामा हरियो सारी, चुरा, पोते लगाउने चलन छ । हिन्दु परम्परामा हरेक सोमबार भगवान शिवको व्रत बस्ने गरिन्छ । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी