प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत ३२ बुँदे कार्यसूची तय भएको छ ।
संघीय संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ ।
३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कैयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ । अधिवेशनको पहिलो बैठकमै नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको छ ।
एमालेले आफूले निस्कासन गरेका १४ स...