व्यावसायिक पशुपालन गर्ने सल्यानका ७ किसान र २ सहकारी पुरस्कृत
व्यावसायिक पशुपालन गर्दै आएका जिल्लाका ७ जना किसान र २ सहकारी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । व्यावसायिक पशुपालनमा उत्कृष्ट काम गरेर वार्षिक लाखाभन्दा बढी आम्दानी गर्दै आएका किसान तथा सहकारी पुरस्कृत भएका हुन् ।
चितवन । विश्व दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितलाई भोजन वितरण गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुरस्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । बिहीवार आश्रममा एक कार्यक्रमको आयोजना गरी त्यहाँका ५२ जना आश्रितलाई दही चिउरा र दुई दिन खानाका लागि सहयोग गरिएको छ ।
सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दीनदुःखी तथा असहायको दिनचर्यामा सहज होस् भन्ने हेतुले भोजन वितरण गरी विश्व दूध दिवस मनाइएको बताए । दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए ।
अन्नपूर्ण दुग्ध सहकारी लिमिटेड, भरतपुरका अध्यक्ष ऋषिराम अधिकारीले कुल गार्हस्थ्य उत्पादनमा दुग्ध उत्पादक किसानको ८ प्रतिशत योगदान रहेकोले राज्यले कृषकलाई सम्मान गर्नुपर्ने बताए । आश्रमकी सञ्चालक देवी आचार्यले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको बताइन् । आश्रममा ज्येष्ठ नागरिक, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित छन् । आश्रम ७ वर्षदेखि सञ्चालनमा छ ।
चितवन । चितवनका दुग्ध उत्पादक किसानले दुग्ध पदार्थको आयात रोक्न माग गरेका छन् । भरतपुरमा जारी राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो साधारणसभा तथा अधिवेशनमा कृषिमन्त्री ज्वालाकुमारी साहसमक्ष उनीहरूले आयात रोकी कच्चापदार्थको मूल्य घटाउनुपर्ने माग गरेका हुन् । उपभोक्ताको हितलाई समेत ध्यानमा राख्दै कच्चापदार्थ र दानाको मूल्य घटाए आफूहरूले दूधको मूल्य वृद्धि नगर्ने समेत प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले दूध र दुग्ध वस्तुको आयात पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए । जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेड चितवनका अध्यक्ष किशोर बगालेले सरकारको नीति कार्यान्वयन फितलो भएको बताए । उनले गैरकिसानको सुविधा बन्द गर्नुपर्ने भन्दै सार्वजनिक खरीद ऐन सच्याउन समेत माग गरे ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताइन् । कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘आयात नियन्त्रणका लागि नाकाहरूमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाइका साथ लाग्छ,’ उनले भनिन् ।
कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवाहरू विदेशिनुपरेको मन्त्री साहले बताइन् । यसको नियन्त्रणका लागि स्वदेशमै युवा लक्षित कृषि कार्यक्रम ल्याउने योजनामा सरकार रहेको उनले बताइन् । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका मन्त्री, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, समाजका सल्लाहकार भेषराज पाण्डे, समाजका प्रवक्ता हरि अधिकारी लगायतले राज्यले किसान आयोगलाई संवैधानिक आयोगको मान्यता दिँदै समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
माघ २३ गतेसम्म चल्ने अधिवेशनले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमाफत प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ३२ जिल्लामा समाजका शाखा छन् ।
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका
बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि […]
२५ भदौ, बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना […]
बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्षयता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार २०३ लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एकजना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध […]
रौतहट । व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएपछि रौतहट दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाका कृषकले पशुपालन फार्म सञ्चालन गरेर उन्नत जातका पशुपालन गर्न थालेपछि दुग्ध उत्पादनमा वृद्धि हुँदै गएको हो ।
दैनिक ६० लिटरसम्म दूध उत्पादन गरी मासिक ५५ हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको माधोपुरका किसान सुखारी बैठाले बताए । बैठाले पशुपालन फार्म सञ्चालन गरेर २० ओटा गाई पाल्दै आएका छन् । उनका अनुसार साना तथा ठूला होटलमा दूध अधिक मात्रामा खपत हुन्छ ।
अहिले गाउँ गाउँमै दूध संकलन हुने गरेपछि पशुपालक कृषकलाई बजारीकरणमा कुनै समस्या नरहेको उनको भनाइ छ । दूध विक्रीबाट यहाँका कृषकले मनग्गे आम्दानी गर्न थालेपछि पछिल्लो समय आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवाको संख्या बढ्दै गएको छ ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा करिब २५० व्यावसायिक पशुपालन गर्ने फार्म सञ्चालनमा छन् । पशु सेवा विज्ञ केन्द्रको कार्यालयले व्यावसायिक पशुपालक कृषकका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारमा सहयोग, अनुदान, विभिन्न सामग्री प्रोत्साहन स्वरूप सहयोगका साथै समय समयमा परामर्श दिने गरेको छ । पशुपालक कृषकलाई प्रोत्साहन गरेकाले दुग्ध उत्पादनमा पनि वृद्धि भएको कार्यालय प्रमुख प्रमुख पशु विकास अधिकृत रामपवित्र दासले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ८८ हजार ११० मेट्रिक टन दूध उत्पादन भएको छ ।
दूध उत्पादनका लागि जिल्लाको चन्द्रपुर नगरपालिका पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा दुग्ध सहकारी संस्थाको संख्या बढी रहेकाले दूध संकलनदेखि निकासीसम्म सजिलो हुने गरेको चन्द्रपुर नगरपालिकका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । यहाँ उत्पादित दूध वीरगञ्ज, हेटौंडा, पोखरा, काठमाडौं लगायत शहरमा निकासी हुने गरेको छ ।
चितवन । पश्चिम चितवनमा व्यावसायिक कृषि विस्तार भएसँगै कृषि पर्यटनको सम्भावना समेत बढ्दै गएको छ । यस क्षेत्रमा ड्रागन फ्रुट खेती, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढाएको हो । हाल भरतपुर महानगरपालिका–२४ जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरुंगा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यको रूपमा विकास भइरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ ।
फार्ममा ग्रीन हाउस, थोपा सिँचाइ, कार्य व्यवस्थापन भवन तथा तालीम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानको व्यवस्था गरिएको छ । ६२ बिघा जग्गामा लगाइएको तरकारीखेतीले अहिले फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गएको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त फार्मलाई कृषि पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न सकिने उनको भनाइ छ । आफूहरू अहिले पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माणमा जुटिरहेको मल्लले बताए । १० कठ्ठा जमीनमा निर्माण गरिएको होमस्टेसँगै पर्यटकलाई खेतीबारे समष्टि जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको उनको भनाइ छ । ९६ जना स्थानीय किसान उक्त फार्ममा आबद्ध छन् ।
यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरुङ र उनका भाइ ताइबहादुर गुरुङले ड्रागन फ्रुट खेती थालेका छन् । गुरुङ दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा ड्रागन पु्रmटको खेती र यसको नर्सरी सञ्चालन गरेका छन्, जसकारण उनीहरूको फार्म आन्तरिक पर्यटकमाझ परिचित बन्दै गएको छ । २०६० सालदेखि भरतपुर–२५ शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भुसाल बहुवर्षीय फलफूलखेती अन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।
भरतपुर–२५ अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि ‘नोबेल एग्रिकल्चर फार्म’ दर्ता गरेर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । साथै डेढ वर्षअघि बायोफ्लक्स प्रविधिमा माछापालन शुरू गरेका छन् । ३५ बिघा क्षेत्रफल रहेका चारओटा पोखरीमा उनले माछापालन गरेका हुन् । सो प्रविधिबाट माछापालन गरिएको उनको फार्म कृषि पर्यटनको गन्तव्य बन्दै गएको छ । भरतपुर–२५ अमृतनगर जनज्योति टोलका १९ जना युवा सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन उनीहरू ‘युवा आधुनिक कृषि सामूहिक खेती’ समूह गठन गरेर कृषिमा लागेका हुन् । ८० बिघा जमिनमा उनीहरूले सामूहिक खेती थालेका छन् ।
पश्चिम चितवनका कृषकले माछापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन् । भरतपुर–२० शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ । २०४२ देखि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यो समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ ।
चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ भूपालनाथ कँडेलले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पश्चिम चितवनका शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायत क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा समेत परिचित छन् ।
भदौ, ३, चितवन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
माछा, पशु तथा पशुपन्छी विकास र पशु स्वास्थ्यका कार्यक्रमलाई लक्षित गर्दै कार्यालयले आइतवार एक कार्यक्रमका बीच सात करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको चालू खर्च मात्रै सात करोड ४६ लाख ४० हजार रहेको छ । त्यस्तै पूँजीगत खर्च ३७ लाख ९५ हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए । उनका अनुसार अनुदानका कार्यक्रम मात्रै साढे पाँच करोड रुपैयाँ बराबरका छन् ।
कार्यालयले यो आर्थिक वर्ष बाख्रा, गाईभैसी प्रव्र्द्धनसँगै यान्त्रीकरणलाई पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धन अन्तगर्त ७५ लाख रुपैयाँ बजेट रहेको चापागाइँले बताए ।
त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २७ मा भैँसीपालन प्रवर्द्धन कार्यक्रमका लागि १५ लाख, रत्ननगर नगरपालिका वडा नम्बर २ मा गाईपालन प्रवर्द्धन गर्न १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको डा चापागाईंले जानकारी दिए ।
कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धनको कार्यक्रम पनि राखेको छ । साना कृषक लक्षित गाईभँैसी प्रवर्द्धनमा ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट छुट्याईएकोे छ ।
मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको कार्यालयले जानकारी दिएको छ । जैविक सुरक्षासहितको खोर, गोठ निर्माण सुधारका लागि ४० लाख रुपैयाँ रकम छुट्याईएकोे छ ।
यसैगरी, पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न ३६ लाख ७९ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । ‘संघीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप कार्यक्रममा २२ लाख रुपैयाँ विनियोजन भएर आएको छ’, चापागाईले भने, ‘पशुपन्छीमा लाग्ने संक्रमक रोग विरुद्धको खोप, बर्डफ्लू नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा १४ लाख ७९ हजार रुपैयाँ छ ।’ चितवन माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर रहेको छ ।
चितवनमा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग १, ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र ८, पशुपन्छी उद्योग २ ओटा रहेको तथ्यांक छ ।
कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम सार्वजनीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पशुपालनका लागि चितवन सम्भावना धेरै रहेको जिल्ला भएकाले किसान र निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, साना तथा घरेलु उद्योग कार्यालयका यादव आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख विनोद भट्टराई, कृषि ज्ञान केन्द्र चितवनका प्रसार प्रसार अधिकृत मिनबहादुर लगायतको सहभागिता रहेको थियो ।
गाईभैंसी पाल्ने किसानलाई दूध बिक्री नभएर चिन्ता पर्न थालेको छ । दिनहुँ डेरीबाट किनेर खाने उपभोक्तालाई दूध नपाउँदा पीरलो छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘लकडाउन’ गरिएपछि दूधको कारोबारसमेत ठप्प भएको छ । किसान–उपभोक्तालाई उत्तिकै पीरलो छ । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दूध फाल्ने की राख्ने चिन्ता भएको बताउँछन् ।
“न डेरीमा जान्छ, न डीडीसीले लान्छ”, उनले भने, “घरमै राखौँ, भण्डारण गर्न सकिँदैन ।” उनका अनुसार २ दिन यता दुग्ध विकास संस्थान (डीडीसी) र डेरीले दूध लिनै छाडेका छन् ।