काठमाडौं : सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ।तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने बताएको आयोग अबको ९३ दिनभित्रै चुनाव गराउन कस्सिएको छ।कम समयमा धेरै काम गर्नुपर्ने भएकाले दबाबमा रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन्। निर्वाचन आयोग चुनावमा जुट्दा मधेश प्रदेशबाट राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भने सन्तुष्ट छैन। लोसपा नेता शरदसिंह भण्डारीसँग कूल तामाङले गरेको कुराकानी :सरकारले वैशाख ३० मा एकै चरण