गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११,…

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका […] The post गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ ।  आज शुक्रवार बसेकाे गण्डकी प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत माग्नुभएकाे थियाे ।  मतदानमा अधिकारीकाे पक्षमा ३१ मत खसेकाे हाे । उहाँकाे विपक्षमा २७ मत खसेकाे छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ ।  एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांस...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएकाे हाे । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएकाे थियाे । ६० सदस्यीय […]

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, […]

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको हो। सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले पोखरेललाई सभाको विश्वासको मत रहेको घोषणा गरे। उनको विपक्षमा २७ मत पर्यो। पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)ले मतदान गरेका हुन्।

गण्डकी प्रदेश : मत विभाजनको प्रक्रिया आरम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताए ।आफू नेतृत्वको सरकार प्रदेशसभाको स

आधा घण्टाका लागि स्थगित भयो गण्डकी प्रदेश सभाको बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए । ‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी...

गण्डकी प्रदेश : सांसदको जोडघटाऊ नमिलेपछि सभामुखको राजीनामाबारे छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको विहीबार एक महिना पुग्दै छ । संसदमा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानअनुसार एक महिनाभित्रै अर्थात् विहीबारभित्रै विश्वासको मत लिनुपर्छ ।आइतबार सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको  सांसद पद थमौती गरिदिएपछि गण्डकीमा सत्तापक्ष र प्रतिपक्ष दुबै दलहरु बहुमत सिद्ध गर्न नसक्ने स्थितिमा पुगेका छन् ।नेकपा एमाले र विपक्षी काँग्रेसलगायत

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्तावमा विपक्षी असहमत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्तावअघि सारेका छन् ।प्रदेशसभाको ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते गुरुङले मुख्यमन्त्रीको सपथ लिएका थिए ।संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।शनिबार गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोही अनुसार उक्त प्रस्ताव आएको हो । मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने गुरुङको तर्फबाट सरकारका प्रवक्त