गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी...

सम्बन्धित सामग्री

यसरी जोगिनसक्छ मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकी सरकार

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार जोगाउन हरसम्भव प्रयास गरिराखेका छन् । विश्वासको मत लिने दिन नजिकिदै गर्दा उनले विपक्षी दलका केही नेताहरुसँग छलफल गरेका हुन् । केन्द्र जनता समाजवादी पार्टी विभाजन भइसकेको छ । तर, गण्डकी प्रदेशमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको बाहुल्य छ । गण्डकी प्रदेश सभाका दुई जना सदस्य बाबुराम भट्टराई समूहका रहेका छन् भने एक जना उपेन्द्र समुहका ।