सामाजिक सञ्जालमा सामान किन्दा ठगी

पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन गरिएका सामान खरिद गर्ने क्रममा ग्राहक ठगिने क्रम बढेको छ । हालै इन्स्टाग्राममा गरिएको विज्ञापनमा विश्वास गरेर कपडा अर्डर गर्दा काठमाडौंकी एक ग्राहक ९ हजार २ सय रुपैयाँ ठगिइन् । उनले ‘मान्सी कलेक्सन’ नाम गरेको इन्स्टाग्राम खातामा विज्ञापन गरिएका गर्मीमा लगाउने कपडा अर्डर गरेकी थिइन् ।