सूर्या लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन १९ गते बिहिबार बिराटनगरको होटेल हेरिसन प्यालेसमा सभा आह्वान गरेको हो ।सभामा मर्जर समबन्धि विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले  ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जमा जाने  सम्झौता गरिसकेको छ । मर्जमा जाने सम्झौताको कारण कम्पनीको शेयर कारोबार असार १३ देखि रोक्का छ । सो मिति सम्म कायम शेयरधनीले सभामा  भाग लिन सक्ने छन् ।सभामा निम्न अनुसारको विशेष प्रस्ताव पेश हुने छ :१. विशेष प्रस्तावक) नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । ख) यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । ग) कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गर्ने सम्बन्धमा। २. एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाङ्कीय मूल्याङ्कनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

सम्बन्धित सामग्री

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने भएका छन् ।  दुवै कम्पनीले आज एक आपसमा  मर्जमा जानको लागि मर्जर सम्बन्धि सम्झौता गरेका हुन् । सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

सूर्या लाइफ इन्स्योरेन्स सम्मानित

सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ ।सूर्या लाइफ ’बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ आवार्डबाट सम्मानित भएको हो ।विश्व […]

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीन वटा विधामा सम्मानित भएको छ। सन् २०२२ अप्रिल ३० तारिखमा आयोजित कार्यक्रममा सूर्या लाइफ ‘वेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘वेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ […]

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स पहिलो

काठमाडौं, (नेस) । नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइन बोर्डमा बिमा समितिको बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बिमा कम्पनी बनेको छ । नियमनकारी निकाय बिमा समितिको गत […]

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ ।उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमा विज्ञ विवेक झा तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको […]