काठमाडौं, साउन ७ । नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । चालू आर्थिक वर्षको बजेटले ६ महीनाको म्याद थप्न भनेको तर कार्यान्वयन नभएका बेला महासंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १ वर्ष म्याद थप्न आग्रह गरेको हो । […]