कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालिकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रित भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथिका एकल महिला