सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । नागरिकता विधेयक पारित हुने वित्तिकै त्यसको जस लिने होडवाजी चलेको छ । संसदबाट विधेयक पारित हुने वित्तिकै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हिजो आफ्नो पार्टी कार्यालयमा त्यसको खुसियालीमा दीपावली नै गर्यो । आफूहरुको पहलका कारण संसदबाट नागरिकता संशोधन विधेयक पास भएको भन्दै लोसपाले दीपावली मनाएको हो । यता, काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले पनि आ–आफ्नो दावी छाडेका छैनन् । काँग्रेसक