मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र झापा घर भएका आशिष तामाङ छन् ।आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । आरोपीहरुले काठमाडौं