कोरोनाले रोजगारी गुमाएका युवाका लागि राहत बन्यो रोजगार कार्यक्रम

सल्यान : बेरोजगारीको मारमा परेका युवाहरुका लागि प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम राहत भएको छ। कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि उक्त दुई कार्यक्रमले राहतको काम गरेको छ। विपन्न वर्ग/समुदाय, बेरोजगार युवा, महिला, दलित, आदिवासी/जनजातिलगायत लक्षित वर्गलाई समावेशिताको आधारमा का...

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को उक्त कार्यक्रम वडा नम्बर ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ जना बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : लक्ष्यभन्दा धेरैले पाए रोजगारी

काठमाडौं, साउन १० । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०७९/८० मा ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकामा २०८० साउन ९ सम्म तथ्याङ्क अनुसार ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त […]

औचित्यहीन प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँच वर्षमा सकियो ३८ अर्ब

काठमाडौं : बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन्। यो पाँच वर्षको तथ्यांक हो।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत पाँच वर्षमा ४३ लाख ७४ हजार ९९७ जना बेरोजगार सूचीकृत भएका थिए। जसमध्ये छ लाख ३९ हजार ३५४ जना अर्थात् १४.

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी […]

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : ५० हजार नागरिकले रोजगारी पाउने

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम खासै प्रभावकारी बन्न सकिरहेकोे छैन । पहिलो र दोेस्रो बर्ष यो कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । कार्यक्रमको उद्देश्य बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्य राखिए पनि नेताका आफन्त र कार्यकर्ता पाल्न बजेट दुरुपयोग गरिएको सरोकारवालाहरुले बताउने गरेका छन् । चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए

सात महिनामा ११ हजारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) मार्फत चालू आर्थिक वर्षको सात महिनामा करिब ११ हजार युवाले रोजगारी प्राप्त गरेका छन् । सरकारले चालू आवमा सो कार्यक्रमअन्तर्गत दुई लाख युवालाई रोजगारी दिने लक्ष्यसहित स्थानीय तहलाई बजेट पठाएकोमा माघसम्ममा ११ हजारले रोजगारी पाएका हुन् ।रोजगारी पाउनेको संख्या बढी भए पनि रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) अन्तर्गत उक्त तथ्यांक प्राप्त […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउने सङ्ख्या र कार्यदिन बढ्दो

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ ।...

पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकार...

प्रधानमन्त्री रोजगार कार्यक्रम : बैतडीमा चार हजारलाई रोजगारी

बैतडी : देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य साथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन्। १० वटा स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये चार हजार २८१ जनाले रोजगारी पाएका हुन्। उनीहरुले १०० दिनको रोजगारी पाउने छन्। सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ जनाले रोजगारी पाउने भएका छन्। चार हजार २०० जनाले आवेदन दिएकोमा उनीहरु छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए। उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख र