काभ्रे : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले नवनिर्वाचित जनप्रतिनिधिले जनताको अहितमा काम गरी पार्टीलाई बदनाम गर्ने काम गरे कारवाही गरिने चेतावनी दिएका छन्।पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन्। जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए।निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर