मनाङमा हिमपहिरो, अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ। हिमपहिराले सडक अवरुद्ध हुँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको छ।

सम्बन्धित सामग्री

नगरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले डोजरको सहायतामा खुलाउने कार्य भइरहेको छ ।

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

सुर्खेत । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको […]

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल...

खुल्यो अवरुद्ध कर्णाली करिडोर

सिमकोट – आइतबारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कालिकोट खण्डको कर्णाली राजमार्ग खुलेको छ। सरोकारवाला निकायको समन्वयमा सडक मर्मत गरेपछि बन्द रहेको राजमार्ग खुलेको हो। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कालिकोट पिलीमा पहिरोले अवरुद्ध सडक सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको समन्वयमा सडक मर्मत गरिएको जानकारी दिए। सडकमा […]

३ महीनादेखि अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

असोज १८, मनाङ । यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महीनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ ।  विगत तीन महीनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो ।  दशैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछ’, प्रजिअ लामिछानेले भने ।  भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङवासी र पर्यटकलाई सहज हुने उनले बताए । अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उनले बताए ।  उनका अनुसार उक्त सडकखण्ड सञ्चालन भएपछि मनाङ जिल्लाको सडकखण्ड लगभग पूर्णरुपमा खुल्नेछ । मनाङ सडकखण्डअन्तर्गत कार्यक्रमसहित आयोजना गर्दै खुला भएको सन्देश दिन मनाङवासीले पर्यटकलाई निम्तो दिने गरेका छन् ।  असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण भ्राताङ भिरमा सडक अवरुद्ध भएको थियो, ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले भने ।  ङिस्याङ गाउँपालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा सडक निर्माण गरिएको उनले बताए ।  जिल्लामा सडक अवरुद्ध भएपछि सहज बनाउन प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ मनाङमै बसेर लागिपरेको प्रजिअ लामिछानेले बताए । बन्द रहेको सडक प्रतिनिधिसभा सदस्य गुरुङको नेतृत्वमा ४५ दिनमै खुलाइएको उनले बताए ।  सो सडकखण्ड अवरुद्ध  हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा कठिनाइ भएको उनले बताए । ‘खाद्यान्न र औषधिजन्य सामग्रीको आपूर्तिमा नै समस्या थियो । हेली चार्टर गर्नसक्ने सबैको अवस्था छैन’, अध्यक्ष घलेले भने, ‘जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानीयको साथ र सहयोगमा सडक खुलाइएको छ । सडक चलेपछि अहिले स्थानीयबासीमा खुसियाली छाएको छ ।’ विगतमा लामो समय लगाएर सडक सञ्चालनमा ल्याउने गरेको भए पनि यसपटक छिटो गरी सडक सञ्चालनमा आएको छ ।  विगतमा लामो समय लागे पनि यसपटक ४५ दिनमा सडक सञ्चालन भएको छ । बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटर छ । अब उक्त सडकखण्डअन्तर्गतको तलेखु–भ्राताङ भिरमा सडक सञ्चालन हुन बाँकी छ । रासस

हिउँले अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ, खानेपानीका धारामा बरफ जम्याे हिमाली जिल्ला मनाङमा शुक्रबार भएको हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा तीन फिट...

मनाङमा हिउँले अवरुद्ध  सडक सुरक्षाकर्मीले खुलाए

हिमाली जिल्ला मनाङमा मंगलबार भएको हिमपातले अवरुद्ध सडक सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको छ । सडकमा दुई फिटसम्म जमेको हिउँ पन्छाएर सुरक्षाकर्मीले सडक खुलाएका हुन् । सशस्त्र र नेपाल प्रहरीको सहयोगमा हिउँ...