८ कक्षामा अध्ययनरत छोराको विद्यालय ३ बजे छुट्छ। घरमा आमा पनि हुनुहुन्छ तर ऊ आफैँ नगए छोराले खाजा खाँदैन रे! विद्यालयको लुगा पनि चेञ्ज गर्दैन रे! यसो भन्दै उनी हतार/हतार घर दौडिन्थिन्। सिनेमा हेर्न गयो, घर फर्किन हतार! खाजा खान थाल्यो छोराकै चिन्ता! उनको यस्तो हर्कतले बच्चा यतिसम्म उनीमाथि निर्भर भएछकी ऊ एक्लै नुहाउन पनि नसक्ने अवस्थामा पुगेछ।