एजेन्सी, २ माघ। नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन्। हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर टोली आज बिहान काबुल प्रस्थान गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. […]