काठमाडौँ। काठमाडौँ महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालय खाली गराउन दिएको समय घर्किएपछि डोजर लिएर जाने तयारी गरेको छ। हाइटेन्सन तारको मुनि भएकाले भवन खाली गराउन महानगरले आदेश दिएको थियो। तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो। सोमबारसम्मको अल्टिमेटम दिइएको भए पनि राप्रपाले कार्यालय खाली गराएको छैन। […]