हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा हत्या अभियोग लागेका सांसदलाई पक्राउ गरी सभामुख निर्वाचनमा मतदान गर्न नदिन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ। बिहीबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानकर्षण गराएका हुन्। सांसद खतिवडाले भने, 'आजको यस सदनमा हत्याको आरोप लागेका सांसद पनि सहभागी भएको भन्ने कुरा सुन्नमा आएको छ। हामी उहाँलाई चिन्दैनौँ गृहमन्त्रीको म ध्यानाकर्षण गराउन चाहन्छु, यदि उहाँ यहाँ सहभागी हो भने तुरुन्त पक्राउ गरी...

सम्बन्धित सामग्री

आममाफी बदर भएलगत्तै रिगल पक्राउ

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त […]

प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा […]

कोइरी पक्रन सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र

मधेश आन्दोलनका बेला २०७२ सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुखलाई पत्र लेखेको छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । …

शोभराजको नेपाल कनेक्सन : ०३२ मा हत्या अभियोग, ०६० मा पक्राउ, ०७९ छुट्दै

सर्वाेच्च अदालतको आदेशबाट छुट्न लागेका चार्ल्स शोभराज ४७ वर्षअघि पहिलोपटक नेपाल आएका थिए । थाइल्यान्डमा विदेशी नागरिकको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर शोभराज भारत हुँदै नेपाल आएका थिए । नेपालमा पनि उनले...

पेट्रोल पम्प सञ्चालकको हत्या अभियोग लागेका चौधरीले पाए जिल्ला अदालतबाट सफाइ

जनकपुरधाम : पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा अदालतले सफाइ दिएको छ।२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा इन्धनको पैसा माग्न जाँदा मनोज गोली प्रहारबाट मारिएका थिए। घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा दामोदरको झोलाबाट १ थान कट

बालिकाको हत्या गर्ने माता पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ । पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।  एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...

हत्या अभियोग लागेको ११ वर्षपछि पक्राउ

हत्या अभियोगको फरार सूचीमा रहेका एक जना ११ वर्षपछि पक्राउ परेका छन् । प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।...

स्वयम्भूबाट गुन्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं : हत्या अभियोग लागेका दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं स्वयम्भूको तीन धाराबाट बिहीबार साढे ७ बजे प्रहरीले पक्राउ गरेको हो। प्रदेश ४ को प्रदेशसभा सदस्यमा मनाङ ख बाट स्वतन्त्र सांसद निर्वाचित भएका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। मनाङेलाई परिस...