पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न सरकारसँग आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न र शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।          विज्ञप्तिमा भनिएको छ, “आफ्नो पहिचान, धर्म, संस्कृति र परम्पराअनुरूप प्रत्येक व्यक्ति र निजको परिवारले मृतकको अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न, शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन तथा यसअघि आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकारलाई पुनःध्यानाकर्षण गराउँदछ ।” पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका माग राखी डा सुगम केसी, सुनिल महर्जन र रोहित श्रेष्ठ १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेको अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई छलफलका लागि बोलायो

विराटनगर – प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ […]

कोशी प्रदेश : आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्।१६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हुन्।संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगामी निर्वाचनमार्फत कानून र संवैधानिक प्रक्रिया अगाडि बढाउन उनले अनुरोधसमेत गरेका छन्।‘आफ्ना हिंसात्म

डेंगुबाट बच्न सतर्कता अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या राज्यन्त्रीम हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्। आज एक अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपरचामा कमी हुन नदिन लागिपरेको बताएका छन्।...

खानेकुराको स्रोत पहिचान नहुँदा स्वास्थ्य समस्या जटिल बन्दैछ : महानायक हमाल

महानायक राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए ।  उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वा

मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका …

अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न […] The post अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पहिचान नखुलेका विदेशीलाई घर भाडा नदिन गृहको आग्रह

काठमाडौं : गृह मन्त्रालयले पहिचान खुल्ने कागजात भएका व्यक्तिलाई मात्र घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई कुनै कामसमेत नदिन आग्रह गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिनामंगलबाट ११ जना अफगानीलाई नियन्त्रणमा लिएपछि गृहले दिउँसो विज्ञप्ति जारी गरेको हो।गृहले यस्ता पहिचान नखुलेका कुनै विदेशी आफ्ना टोल छिमेकमा बसेको भए तत्काल प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरेको छ।ब्यूरोको टोलीले