काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन्। उनले आज सिंहदरमाबार आयोजि बैकमा सरकारी सचिवहरुलाई निर्देशन दिने क्रममा असन्तुष्टी व्यक्त गरेका हुन्। सचिवहरुले ‘व्रिफिङ’ गरेकोभन्दा यथार्थ फरक रहेको उनले जनाए। ‘तपाईहरुसँग उपलव्ध तथ्यांकहरु राम्ररी केलाउनुभयो र आम नागरिकका गुनासाहरुलाई विश्लेषण गर्नुभयो भने तपाईहरु पनि यथार्थको नजिक पुग्न सक्नुहुन्छ। त्यसैले समस्या नै राम्ररी पहिचान गर्न आग्रह गर्दछु,’ उनले भने।